सुनको मूल्यमा वृद्धि


हरेकपल August 4, 2022


आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सयले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार २ सय १० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।