सुनचाँदीको मूल्यमा बृद्धि


हरेकपल August 5, 2022


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार १ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ७ सयले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।