साफ यु-२० फुटबल: उपाधिका लागि भारत र बंगलादेश लड्दै


हरेकपल August 5, 2022


यु -२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदै छ ।
फाइनल खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् ।
पहिलो पटक यु-२० आधारमा आयोजना भएको प्रतियोगितामा दुबै टोलीले उपाधि जित्ने बताएका छन् । घरेलु टोली भारत समूहमा भागेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ ।
भारत प्रतियोगिताको साविक विजेता समेत हो । नेपालमा सन् २०१९ मा आयोजना भएको यु-१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
त्यसअघि सन् २०१५ र १७ मा यु १८ र यु १९ आधारमा भएको प्रतियोगिताको दुबै उपाधि नेपालले जितेको थियो । त्यस यता नेपाली टोली समूह चरणबाट माथि उठ्न सकेको छैन ।