परराष्ट्रमन्त्री खड्का तीनदिने चीन भ्रमणमा जाने


हरेकपल August 5, 2022


परराष्ट्रमन्त्री डा. नारायण खड्का तीनदिने चिन भ्रमणमा जाने भएका छन् । खड्का यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका हुन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा. खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा. खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोजको आयोजना गर्नेछन् । परराष्ट्रमन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।