चुनावमा तालमेल गर्ने सहमती,सिट बाँडफाँटबारे कार्यदल गठन


हरेकपल August 5, 2022


आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै चुनाव लड्ने समझदारी भएको हो ।
सत्ता गठबन्धनको बैठकले संघ र प्रदेश सभा निर्वाचनसम्मै तालमेल गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालका अनुसार भदौ पहिलो साताभित्र तालमेलको सबै प्रकृया टुग्याउने सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सहमति भएको छ । त्यस्तै सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ ।
सरकारले बिहीबार संघ र प्रदेश सभाको निर्वाचनको मिति तय भएसँगै गठबन्धनका दलहरु चुनावी तालमेलबारे तीव्र छलफलमा जुटेका छन्। प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् ।