सपना



इतिहासहरू सुरक्षित छन्
त्यहाँ मैले आफ्ना सपनाहरू देखेँ
कतै मेरो मुटुका धड्कनहरू खोसिएका छन्
कतै मेरो जिन्दगीका पलहरू फाटिएका छन्
कतै मेरा सपनाहरू हराइरहेका छन्

तर के गर्नु !
यात्रामा कता हराइएछ, कता !
एउटा रहर थियो
बन्धनमुक्त जीवन भोग्ने
त्यो रहर पनि रहर मात्रै भयो
तैपनि सपनाको महलमा बसेर
सुन्दर भविष्यको कल्पना गरिरहेछु ।

माटोको सुगन्ध
ठम्याउनु छ
तर नसकेर
जीवन कता हराइरहेछ !
कता बिलाइरहेछ !

एक दिन न एक दिन कसो नभेटिएला जीवन !
म जीवन खोजिरहेछु
सुन्दर भविष्यको कल्पना गरिरहेछु
गरिरहेछु ।