अमेरिकी राष्ट्रपति बाइडेन कोरोना संक्रमणमुक्त


हरेकपल August 7, 2022


अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उहाँका चिकित्सकले जानकारी दिएका छन् ।ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिए ।

उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको उहाँका चिकित्सक ओ कनरले जानकारी दिए ।
उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका छन् । उनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहनुभएका बाइडेनलाई निको भएको थियो ।

राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उहाँको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।