‘भेट पन भैगयो’गित बजारमा (भिडियोसहित)


हरेकपल August 15, 2022

बहुचर्चित देउडागित सुदूरपश्चिम स्वर्गसरि लगायतका सयौ कालजयि गितहरुका सर्जक चर्चित देउडा कलाकार माधब बिष्ट (कैलाश)को लय/शब्द सृजना तथा निर्देशन मा टिपिकल देउडागित ‘भेटपन भैगयो’ म्युजिक भिडियो बजारमा आएको छ। सुदूरपश्चिमका चर्चित सर्जक र देउडिया माधव विष्ट को लयरशब्द तथा कथा,निर्देशन मा टिपिकल देउडा गित भेट पन भैगयो म्युजिक भिडियो सार्वजनिक भएको हो ।
जुम्लाका नव प्रतिभा सुर्य खड्का र चर्चित गायिका रेखा जोशीको सुमधुर स्वर रहेको गीत सुर्य खड्काको प्रस्तुति रहेको छ भने कुसल एरेन्जर भुवन बडुको एरेन्ज, बिपिन चौलागाइ र देबराज आचार्य को छायांकन छ भने यस्को सम्पादन वीरेन्द्र भाट विपिनले गरेका छन। यस गीतको म्युजिक भिडियो को निर्देशन माधव विष्टको रहेको छ भने अभिनयमा माधव विष्ट र सुन्दर अभिनयकर्ता दिलमाया देबकोटा ले अभिनय गरेका छन्। देउडागीत माधव विष्टको अफिसियल च्यानल madhav bist youtube बाट र्सार्वजनिक गरिएको छ ।

सुदूरपश्चिमेलिहरुको माहान चांड गौरा पर्वको रौनक नजिकिदै जादा गौरामै खेलिने टिपिकल भाका र पैतोलि मिलाएर खेलिएको यस देउडा गित मा कर्णालिको केटी र सुदूरपश्चिमको केटा बिचको माया प्रेमको प्रसंग लाइ आफ्नो आफ्नै जन्मभूमि प्रतिको आघात माया र सम्मान बयान प्रकट गरेको पाईन्छ।
गितकारले नै अभिनय र निर्देशन गरेको उक्तगितको रोचक पाटो अभिनय मा पनि कर्णालीकै दिलमाया र सुदूरपश्चिमकै माधवले गरेको र सम्बन्धित क्षेत्रकै ओर्जिनल सांस्कृतिक पहिरनमा सजिएका कर्णाली र सुपकै महिला पुरुषले खेलेकाले पनि यो गित जति हेरेपनि हेरौ हेरौ लाग्ने खालको छ।
यसगित का स्रजक तथा निर्देसक माधव बिष्ट दर्जनौ पटक देउडा खेल हरुमा पुरुष्कृत तथा सम्मानित भैसक्नुभएका देउडा क्षेत्रका चर्चित देउडिया (गिदारा) पनि हुन।