एनआरएनए जापानको सहमति बहुमत केन्द्रिय समिती तथा १२ ओटै क्षेत्रिय समितिहरूद्धारा अस्वीकार


हरेकपल August 20, 2022


जापान

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको विबाद अझै मिल्न सकेको छैन् । बिवाद मिलेको भन्दै कथित सहमति पत्र मीडियामा आएको बारे एनआरएनए जापानको केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


सहमति भएको भनेर मिडियाबाजी गरिएपनि वास्तविक सहमति हुन नसकेको भन्दै बहुमत कार्यसमितिका पदाधिकारि तथा सदस्यहरुले आपत्ती जनाउदै २२ जनाले हस्ताक्षर गरेर सम्बन्धित निकाय लाई पत्रा चार गर्दै असहमति जनाएका हुन् । कुल ३१ सदस्यमध्ये २२ जनाको उक्त सहमतिप्रति आपत्ती रहेको छ ।
जापानको विबाद मिलेको भन्दै कथित सहमति पत्र मीडियामा आएको बारे घोर आपत्ति जनाइयको छ।एनआरएनए जापान बिवाद रहित बन्नु, समाज मिल्नु मिलाउनु हामी सबैको दायित्व हो र हाम्रो जिम्मेबारीता रहनेनै छ । हाम्रो सिंगो कार्यसमिति सहमति र सहकार्यको पक्षमा सदैब दृढ़ छ तर निर्वाचित सर्वभौम कार्यसमितिमा कुनै पनि छलफल नगरी सहमति पत्र भन्दै संस्था र सार्वभौम कार्यसामति बदनियत हुनेगरी नाजायज अमुक शब्द र भाषा को प्रयोग गरी अमुक १,२ जना स्वार्थ व्यक्तिहरूको स्वार्थसिद्धको लागी एक्कासी नाटकीय शैलीमा सहमति पत्रमा हस्ताक्षर गरी मिडियाबाजी र प्रचारप्रसार गर्नुको कुनै तुक नरहेको र उक्त कार्य प्रति हाम्रो कार्य समिति घोर सहमति गरिएका भनिएका निम्न शब्द र बुँदाहरुमा हाम्रो पूर्ण असहमति रहेको जनाएको छः
१० कथित सहमति पत्रमा लेखिएको नव गठित कार्य समिति भन्ने कुरामा हाम्रो घोर भत्सना सहीत पूर्ण असहमति रहेको छ।
२० बुदा नं. १ को गत २०२१ जुलाई २९ तारिखको अवस्थामा फर्केर सोही जगमा टेकी गठित शिव प्रसाद पौडेलको कार्यसमितिलाई अनुमोदन गर्ने भन्ने बिषयमा हाम्रो पूर्ण असहमति रहेको छ ।
३०बुदा नं.५ गैरआवासीय नेपाली संघको भावना अनुरुप सहमतिको आधारमा संस्था संचालन गर्ने र संरक्षक, सल्लाहकार तथा विभिन्न समितिहरुमा मनानोयन गर्नका लागि ओम गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति देहाय अनुसार गठन गर्ने

१. ओम गुरुङ (संयोजक)

२. शिब प्रसाद पौडेल (सदस्य)

३. अनिता गुरुङ (सदस्य) भन्ने बिषयमा हाम्रो पूर्ण असहमति रहेको छ ।


४ सेम्टेम्बर १५ सम्म संरक्षक भवन भट्ट ज्यू बाट सफत ग्रहण गर्ने निर्णय प्रति हाम्रो असहमति रहेकोछ ।
यी माथिका गलत र स्वार्थशिद्ध समूहको लागी राखिएका बुदाहरु तत्काल सच्याई निर्वाचित सार्वभौमिक कार्यसमितिको बैठकबाट बहुमतले पारित गरिएको निर्णयहरु मात्र सहमति गर्न गराउन अनुरोध गर्दै यो पत्र पेश गर्दछौ ।
निर्वाचित सार्वभौम सम्पन्न कार्यसमितिका बिरुद्ध अनेक हर्कत गर्नु पहिले एनआरएनए जापानको खातामा रहेको संस्थाको १६,५६६,०५० येन रकम तत्काल दाखिला गर्न अन्तिमपटक अनुरोध गर्दछौ,विज्ञप्तीमार्फत भनिएको छ । एनआरएनए जापानको विवाद मिलाउन क्षेत्रिय समितीहरूले यस अघि पनि पहल गरेको र केन्द्रिय समितीका सबै पदाधिकारी तथा सदस्यहरू पनि मिल्न लागि सधै सकरात्मक रहदै गर्दा गलत तवरले मिलेको कुरा प्रति आपत्ती रहेको र माथिका बुदाहरू सच्याएर अघि बढेमा दुवै क्षेत्र र केन्द्रका बहुमत कार्यसमिती एकताको पक्षमा रहेको कुरा समेत केन्द्रिय समिती तथा क्षेत्रिय समितीद्धारा उल्लेख गरिएको छ।