प्रेसिडेन्सी कलेजले पायो उत्कृष्ट बिजनेश स्कुलको उपाधि


हरेकपल August 29, 2022

चितवन । चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बागमती प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश स्कुलको उपाधि पाएको छ ।

न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित “छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्‍याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले उत्कृष्ट बिजनेश स्कुलको उपाधि हासिल गरेको हो ।

उक्त कार्यक्रममा दुई हजारभन्दा बढी कलेजहरूको सहभागी भएका थिए । उक्त कलेजहरूलाई पछाडि पार्दै उत्कृष्ट बिजनेश स्कुलको स्थान हासिल गर्न सफल भएको कलेजका प्राचार्या शभ्भु क्षेत्रीले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेजले विगत १९ वर्षदेखि कक्षा ११ र १२, बि.बि.ए.र एम.बि.ए.को अध्यापन गराउँदै आएको छ । कलेजले बंगलादेश, श्रीलंका, ताइवानका कलेज तथा विश्वविद्यालयसँग एमओयुमा हस्ताक्षर पनि गरेको छ ।