गर्भवती महिलाको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा


हरेकपल September 1, 2022

पोर्चुगल–पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिएकी छिन् ।

स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।

एउटा अस्पतालबाट अर्कोमा लैजाँदै गर्दा हृदयाघातका कारण ३४ वर्षीया टेमिडोको मृत्यु भएको बताइएको छ ।