साफ च्याम्पियनसिप फुटबलः उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै


हरेकपल September 19, 2022

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बङ्गलादेश पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको खेलबाट साफले नयाँ च्याम्पियन टोलीसमेत पाउनेछ । नेपाल ४ पटक उपविजेता बन्दा बङ्गलादेश १ पटक उपविजेता बनेको छ । आजको खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ ।