संविधान दिवसमा पदक पाउने साहित्यकारहरू


हरेकपल September 21, 2022

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस वर्ष विभिन्न मानपदवी, अलङ्कार र पदक पाउनेको सूचीमा केही गणतन्त्रका लागि विभिन्न ढङ्गले योगदान गर्ने साहित्यकारहरूको नाम पनि समेटिएको छ ।

यसवर्ष विभूषित हुनुहुनेमा ‘राष्ट्र गौरव’बाट वरिष्ठ साहित्यकारमा सत्यमोहन जोशी, ‘सुप्रसिद्ध प्रबल जनसेवाश्री’बाट डा. जगमान गुरुङ, ‘सुकीर्तिमय राष्ट्रदीप’बाट वरिष्ठ साहित्यकार बैरागी काइँला र गंगाप्रसाद उप्रेती हुनुहुन्छ ।

यस्तै ‘सुप्रबल जनसेवाश्री’बाट डा. हेमनाथ पौडेल, प्रबल जनसेवाश्री’बाट साहित्यकार कृसु क्षेत्री र यज्ञराज उपाध्याय हुनुहुन्छ भने ‘जनसेवाश्री’बाट सुकन्या वाइबा सुशोभित हुनुहुन्छ ।