काठमाडौं । काठमाडौँको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ । काठमाडाैं महानगरपालिकाले पसल सञ्चालकलाई हिजो २४ घण्टाभित्र पसल हटाउन निर्देशन दिएको थियो ।
महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने बताएका छन् । ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत रहेका औषधि पसल हटाइने उनले स्पष्ट पारे ।
उनका अनुसार वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले हटाउन लागिएको हो । तर फार्मेसी सञ्चालकले भने तत्कालै पसल हटाउन नसकिने बताएका छन् । काठमाडौँ महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।