राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ । बुधबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनको ७७ वर्षमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भट्टराईले २०५७ असार २० गतेदेखि २०६२ भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको जिम्मेवारीमा रहेका थिए ।
खोटाङको लामिडाँडामा जन्मिएका भट्टराई साहित्यकारसमेत हुन् । उनका हलेसी तीर्थ काव्यसहित दर्जनौं कविता तथा साहित्यिक कृति प्रकाशित छन् ।