थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु


हरेकपल September 24, 2022

पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमुना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, मन्त्रालका अनुसार संक्रमणका कारण एकजनाले ज्यान समेत गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् ।

अहिले देशभरमा १२ सय ८३ जना संक्रिय संक्रमित भए पनि क्वाराइन्टाइन सबै खाली छन् ।