८५ हजार नक्कली नोटसहित बाराबाट एक पक्राउ


हरेकपल September 24, 2022

नक्कली नोटसहित बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ८२ हजार ५ सय रुपैयाँ नक्कली नोटसहित बारा सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोल बस्ने जगदेव महतो नुनियालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोलस्थित नुनियाको घरमा खानतलासी गर्ने क्रममा नक्कली नोट बरामद गरेको हो ।

ओछ्यानमुनि लुकाइराखिएको अवस्थामा एक हजार दरका ८१ वटा र पाँच सय दरका तीन थान नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।