नेपालीहरुको महान् चाडपर्व विजयादशमीको अवसरमा नेपाल टेलिकमले अफर ल्याएको छ । टेलिकमले कम्पनीका ग्राहकहरुका लागि सहुलियत दरका डाटा र भ्वाइस तथा बोनस सहितको दशैं अफर ल्याएको हो । यो अफर आज (असोज ९ गते) देखि असोज २३ गतेसम्म उपलब्ध हुनेछ ।
अफर अन्तर्गत २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।
यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ मा खरिद गर्न सकिने छ । यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइनेछ ।
२ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५ सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक पनि उपलब्ध हुने टेलिकमले जनाएको छ ।