कांग्रेसको समानुपातिकको बन्दसूची सार्वजनिक, कोको परे ?


हरेकपल September 25, 2022

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूची सार्वजनिक भएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले समानुपातिकमा ११० जनाको नाम सिफारिस गरेको छ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा कांग्रेसका प्रभावशाली नेताहरू समेटिएका छन्। जसमा पार्टी उपसभापति विमलेन्द्र निधिको नाम बन्दसूचीको पहिलो नम्बरमा छ।

यस्तै, फरमुल्लाह मन्सुर, जिवन परियार, डा.प्रकाशशरण महत, आनन्दप्रसाद ढुगांना, डा.चन्द्रमोहन यादव, अनिल रुगांटा, डा.आरजु राणा देउवा, मञ्जु खाँण र अम्विका बस्नेत रहेका छन्।