नेपाल र बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेल आज


हरेकपल September 27, 2022

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज दक्षिण एसियाली प्रतिद्वन्दी बङ्गलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बङ्गलादेशविरुद्ध जितकै लागि खेल्ने बताए ।

तर, टिमका कप्तान किरण चेम्जोङले भने बङ्गलादेशविरुद्धको खेल जित्न सहज नभएको बताएका छन् । नेपालले बङ्गलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बङ्गलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।