नेप्सेमा १५ अंकको वृद्धि


हरेकपल September 27, 2022

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर सेयर कारोबारमा भने संकुचन आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ । ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन् ।