दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै


हरेकपल September 28, 2022

काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना गरिँदैछ । दशैं घर र विभिन्न शक्तिपीठहरूमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाभित्र शोभा भगवती, तलेजुभवानी, भद्रकाली, गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, नक्साल भगवतीसहितका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुँइचो लागेको छ । उपत्यका बाहिरका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक मान्यता छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ ।