पश्चिमी प्रभाव र लोपोन्मुख हाम्रा राष्ट्रिय पहिरन


जीवनपानी October 19, 2022

२०७८ को जनगणनाले नेपालमा १३१ भिन्न भाषाको तथ्याङ्क सार्वजनिक गरेको छ। यसको अर्थ हो( नेपालमा १३१ भिन्न सभ्यता छन्। अर्थात् यहाँ बस्ने मानिसहरूका १३१ भिन्न जीवनशैली छन्। यस तथ्याङ्कले प्राचीन समयदेखि नै नेपाल सांस्कृतिक सभ्यताले सम्पन्न मुलुक भएको प्रमाण दिन्छ। यसर्थ यी सभ्यता वा जीवनशैलीको संरक्षण गर्ने पहिलो कर्तव्य हामी समस्त नेपालीको हो।

एउटा निश्चित जीवनशैलीभित्र रहेका मानिसहरूको आचारविचार,भाषाशैली,कला संस्कृति, आस्था–विश्वास, बोलीचाली,रीतिरिवाज, रहनसहनलगायत सम्पूर्ण पारम्परिक मूल्य–मान्यता भिन्न हुन्छन्। यसर्थ सभ्यता भनेको उक्त विविध तत्त्वहरूद्वारा पुर्खाहरूले हजारौंहजार वर्षको मेहनत खर्चेर आविष्कार गरेको एउटा उच्चतम् वैज्ञानिक जीवनशैली हो।

भौगोलिक क्षेत्रफलका आधारमा नेपाल एउटा सानो मुलुक हो। यति सानो मुलुकमा यति धेरै जीवनशैली वा सभ्यता हुनु भनेको हामी सम्पूर्ण नेपालीको लागि ठूलो गौरवको कुरा हो। ‘जय जय हे नेपाल सुन्दर शान्त विशाल’ लक्ष्मीप्रसाद देवकोटाले बुझ्दै नबुझी किन भन्थे र ? यो मुलुक त दैवीशक्तिले सिञ्चित योगी, ऋषि–महर्षि र देवी–देवताहरूक‍ो पवित्र तीर्थस्थल अर्थात् तप‍ोभूमि र योगभूमि हो। यसैको आधारमा हामी भन्न सक्छौं – प्राचीनकालमा यहाँको समाज कति दिव्य र सुसंस्कृत थिएछ भनेर। यति सानो मुलुकमा यति धेरै ऐतिहासिक तीर्थस्थलहरू हुनु भनेको यही पुण्यभूमिको शक्तिको प्रभावले हो। यो भूमिमा जानकी र बुद्ध त्यसै जन्मेका होइनन् । यहाँ आर्य–संस्कृतिको आविष्कार र विकास त्यसै भएको होइन। आज हाम्रो हातमा यति धेरै वैदिक ग्रन्थ, उपनिषद् र महापुराणहरू छन्। यो हुनु भनेको हाम्रो आर्य–संस्कृतिकै योगदान हो।

परन्तु आज पाश्चात्य शिक्षा–दीक्षाको मिथ्या मोहका कारण यो दिव्यभूमिमा अनेकौं विजातीय तत्त्वहरू भित्रिन पुगेका छन्। जसको सबैभन्दा बढी प्रभाव हाम्रा अधिकांश तथाकथित शिक्षित भनिने व्यक्तिहरूमा परेको देखिन्छ। फलतः उनीहरू आफ्नै बा र हजुरबाहरूले आर्जन गरेको वैदिक सनातन संस्कृतिका विरुद्ध शङ्का गर्दै साधारण जन समुदायमा गएर अनेकौं भ्रमहरू फैलाइरहेका छन्। आफ्नो विद्यमान धार्मिक विश्वास र सहिष्णुता गुमाएर हरेकदिन आफू, आफ्नो परिवार र आफू रहँदैबस्दै आएको समाजलाई चिन्तित बनाइरहेका छन्। अनि वैदिक–वचन र महान् ऋषिमुनिहरूको अनुभवबाट प्राप्त दिव्य–सुविधाबाट आफू लगायतका बाँकी अरूलाई पनि वञ्चित गराउन कटिबद्ध भएर लागेका छन्। हिजो हामीले जुन धर्म तथा ईश्वरलाई आफ्नो समाजरूपी घरको मूल खाँबो र दलिन ठानेका थियौं, आज त्यसैको अस्तित्वलाई स्वीकार्दा हामीलाई सङ्कोच अर्थात् लाज लाग्नु भनेको हामीहरू आफै नाङ्गिनु हो। यसरी निर्लज्जसँग आफूले आफैंलाई नङ्ग्याउनु भनेको हाम्रो ठूलो कमजोरी र विडम्बनाको कुरा हो। यही कमजोरीका कारण भोलि हामीले हाम्रो यो महान् वैदिक सनातन संस्कृतिलाई बाँदरको हातमा सुम्पनु पर्नेछ। फलतः गर्ल्याम्गुर्लुम् हुनेछ– हाम्रो पहिचान र अस्तित्वको धरोहर। हामी भत्किने छौं र आफ्नै संस्कृतिद्वारा सरापिने छौं । हामीलाई जन्मभूमि र सनातन वैदिक संस्कृतिको सराप लाग्नेछ र लागिरहने छ। हाम्रो लापरबाहीले सिर्जाएक‍ो यसको दुष्परिणाम बिनाकारण हाम्रा निर्द‍ोष पुस्ताहरूले भोग्नुपर्ने छ।

को हो जीवनलाई चलाइरहने चालकरु जसले चलाउँदा(चलाउँदा चल्लाहरू माउ बनिसक्छन्, परन्तु माउहरूले चालै पाउँदैनन् आफूहरूभित्र त्यो चालक को थियो भन्नेबारे। ‘प्रत्यक्ष नै प्रमाण हो’ भन्ने नास्तिकहरूलाई कसरी बुझाउनु ? – नदेखिने सूक्ष्म अणु र परमाणुहरूको सङ्ग्रहबाट यो अपरिमित ब्रह्माण्ड बनेको हो भनेर। प्रकृति र परम्परागत ज्ञानबाट टाढा भाग्ने भगुवाहरूलाई ‘स्मल इज ब्युटिफुल’को रहस्य कसरी सम्झाउनु ? अनि के भन्नू, अन्तमा कहीं पानी नपाएर छट्पटाउँदै बालुवामा प्राणत्याग गर्ने ती आफ्नै मौलिक जीवनशैलीलाई विश्वास गर्न नसक्ने प्यासले व्याकुल मरुभूमिका माया–मरीचिकाहरूलाई ! तिनैको अज्ञान र दुर्व्यवहारको परिणाम आजको यो स्थिति हो।

निःसन्देह नेपाल, विभिन्न भाषाभाषी, रहनसहन, धर्म-संस्कृतिका मानिसहरूको मौलिक जीवनशैलीले सम्पन्न इन्द्रेनी-मुलुक हो। यो सत्यलाई विश्वास गर्न हामीलाई किन सकस हुँदैछ अचेलर ? सबैका आ-आफ्नै मौलिक जीवनशैलीका कारण हामीले हामी बसेको समाजमा एउटा समुदायका जातिलाई अर्को समुदायका जातिसँग सजिलै छुट्टाउन सक्छौं। विश्व मानव संस्कृतिमा हाम्रो संस्कृतिको वैज्ञानिकपक्ष सबल भएरै हो– यहाँका हामी हरेक जातिहरूसँग आ-आफ्नै मौलिक पहिचान हुन सकेको ! र त समाजमा म यो जाति वा सभ्यताको हुँ भनेर चिनाउन हामीसँग १३१ ओटा छाती फुलाएर गर्व गर्न सकिने अलगअलग परिचय छन्। पशुपतिनाथलाई प्रार्थना गरौं– यो छन् लाई छन् नै भन्न पाइयोस्, थिए भन्न नपरोस्।

पहिरन हामी नेपालीको एक महत्त्वपूर्ण संस्कृति हो। हाम्रा अनेकौं जीवनशैलीहरूमध्ये हाम्रो जातीय पहिचान झल्काउनका लागि पहिरनक‍ो बेग्लै मौलिक भूमिका छ। हाम्रा हरेक जातिका पहिरनहरू वैज्ञानिक तथा आध्यात्मिक श्रृङ्गारले सुन्दर र उर्जाशाली छन्। यीसबै जातीय पहिरनले मानिसका सूक्ष्म र स्थुलदेहको सर्वश्रेष्ठतामा अर्थ राख्छन्। अनि मानिसको मनुष्यत्वलाई विकसित गराउन सहयोग गर्दै अन्ततः जीवनलाई तत्त्वज्ञानको पवित्र मार्गमा निर्देशित गर्छन्। किन्तु आज हाम्रो लापरबाहीले र हामीमा राष्ट्रियताको अभावले, पश्चिमाहरूले चारैतर्फबाट राजनीतिक र आर्थिकवादको जालो फिँजाएर हाम्रा आध्यात्मिक र त्योसँग सम्बन्धित वैज्ञानिक उत्कृष्टताको महत्त्व र चर्चालाई कमजोर बनाउँदै लगेका छन् जसको प्रमाण दिनप्रतिदिन हाम्रो समाजमा बढ्दो हिंसा, प्रतिहिंसा र सामाजिक दुर्दशालाई लिन सकिन्छ।

भिन्न जातिका मानिसहरूमा भिन्न पहिरन। यही हो हाम्रो जातीय सभ्यताको उत्कृष्ट चिनारी। र त एउटै समाजमा बसोबास गर्ने गुरुङ, मगर, तामाङ, शेर्पा, राई, लिम्बु, नेवार, थकाली आदि जातिका पोसाकहरू एकापसमा भिन्नभिन्नै मौलिक महत्त्वका छन् । र त ‘राष्ट्रको सभ्यता र संस्कृतिको उत्कृष्टता त्यस राष्ट्रमा बसोबास गर्ने मानिसहरूको पहिरन र आभूषणबाट प्रकटित हुन्छ’ भनेर भनिएको हो। साँच्चिकै पोसाक यस्तो महत्त्वपूर्ण तत्त्व हो जसले हरेक जातिहरूको सामाजिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक, धार्मिकजस्ता अमुल्य निधिलाई स्थिर राखेको हुन्छ, जुन स्थिरताले राज्यको सांस्कृतिक सम्पन्नतालाई पनि सम्पन्न राख्न सहयोग गर्छ।

भोटो र कछाडसँग निलो पटुकी र भाङ्ग्रा अनि शिरमा लगाएको ट‍ोपी वा फेटामा सजिँदाका पुरुष मगर अनि मखमली चोली, छिट्को गुन्यु, टिकिस्, पहेँलो वा निलो रङ्गको पटुकी,गलामा पहेँलो वा हरियो पोतेका साथमा मुगाको माला, शिरमा शिरफूल, कानमा माडवारी वा ढुङ्ग्री अनि नाकमा बुलाकीका साथमा महिला मगरलाई हेरौं त। यो पोशाकमा कति सुहाउँछन् उनीहरूरु यसले सुहाएजति यो जगतमा उनीहरूलाई अर्को कुन पोशाकले सुहाउँछरु यो त उनीहरूको विज्ञान र अध्यात्मको संय‍ोजनबाट निर्मित आदर्श पोसाक हो। दशै दिशाका दुरात्मा अनि असन्तुलित आहार, विहार र विचारका कारण शारीरमा उब्जेको अनेकौं रोग, ग्रहदशा, चिन्ता र चोटपटकबाट रक्षा गर्ने कवच हो।

यसैगरी हाकुपटासी, चोली, पछ्यौरीका साथ शिरमा शिरबन्दी, लुस्वाँ, न्यापुसिखस निधारमा सुनका टीका, लुँचीस कानमा न्हातिका मारवलिचा, ढुङ्ग्री, माकसि तुकी, विजकनी, गसी सिखस गलामा कन्थी, तायो, तिख, चन्द्रहारस हातमा पञ्चरत्नको चुल्पा, कल्या, बाइ, प्युचा आदि र अौंलामा प्याखं अंगु तथा खुट्टामा प्याकं कल्ली, सिंहख्वा कल्ली, जंगी सेलया कल्ली, तुती बग्गी आदि गहनागुरियामा महिला नेवार र दौरा, सुरुवाल र स्टकोटमा पुरुष नेवारलाई हेरौं। यो पहिरनमा उनीहरू कति सुहाउँछन्रु यस्तो अद्वितीय पोसाक यस दुनियाँमा नेवारले बाहेक अरू कसले लगाएको छरु यो त सुसंस्कृत नेवारी पुर्खाहरूले नेवारकै वंशाणु स्वभावलाई अनुकूल हुनेगरी अध्यात्मिक शक्तिमा वैदिक विज्ञानको फर्मुला लगाएर दीर्घ शारीरिक र मानसिक स्वास्थ्यका निमित्त आविष्कार गरेका थिए। यसर्थ राज्यको सहयोगमा यो पहिरनको अस्तित्व जोगाइरहने पहिलो कर्तव्य नेवार समुदायको हो।

लगाउन त शेर्पाका महिला र पुरुष दुवैले दौरासुरुवाल नै लगाउँछन्। यसमा पुरुषले लगाउनेलाई छुवा(नागार्य र महिलाले लगाउनेलाई आङ्गी भनिन्छ। आङ्गीका साथ अविवाहित महिलाले खुट्टादेखि घुँडासम्म बाक्लो ऊनी अर्थात् छालाको दोचो लगाउँछन् र विवाहितले त्यही पहिरनमा अगाडि पाङ्देन बेर्छन्। त्यसो त शेर्पाहरू प्रायः सबैले बक्खु लगाउँछन्। दोचा, पाखी, चुरूप आदिलाई ओढ्नेको रूपमा प्रयोग गर्छन्।

जब आङ्गी, दोचा र पाङ्देनका साथ आफ्ना मौलिक गहनागुरियामा महिला शेर्पा सजिन्छन्। त्यस्तो अलौकिक सौन्दर्य उनीहरूलाई अरू कुनै पोसाकले दिनैसक्दैन। यस्तै अद्वितीय महत्त्वका पहिरन छन्- हाम्रा किराँती दाजुभाइ र दिदीबहिनीका। अनि यस्तै अध्यात्मिक र वैज्ञानिक महत्त्वका चमत्कारिक पहिरन छन्- हाम्रा सबै भिन्न भाषाभाषीका जातजातिहरूमा ।

हाम्रा हरेक जातीय पहिरन र आभूषण वा गरगहनामा विज्ञान र अध्यात्मको सुन्दर संयोजन छ। परन्तु अचेल आफूलाई आधुनिक विद्वान हुँ भन्नेहरूले समयानुसार चल्नुपर्छ, पुरातनवादी बन्नुहुँदैन भन्दै आधुनिकताको सल्लाह दिन थालेका छन्। सुन्नेलाई पनि होकेरे भनेजस्तो हुन थालेको देखिन्छ । फलतः यो मिथ्या बुझाइले हाम्रा यी पोसाक र गरगहनाको आध्यात्मिक , सांस्कृतिक र वैज्ञानिक महत्त्वमा दिनानुदिन ह्रास आउन थालेको छ। मात्र मिथ्या सुनाइ, बुझाइ र भनाइले उमेर पाकेका आधुनिक विद्वानलाई ( सत्य बदलिन्न, यो सृष्टिको आदिदेखि अनादिसम्म उस्तै रहन्छ, सधैं नयाँ रहन्छ र सत्यको समय नै हुँदैन भन्ने शाश्वत सनातनका विषयमा के थाहारु सूर्य पूर्वमा उदाउँछ र पश्चिममा अस्ताउँछ। हाम्रा आधुनिक विद्वानको ‘समयानुसार चल्नुपर्छ’ को सिद्धान्तानुसार मानौं सूर्य पश्चिममा उदाएर पूर्वमा अस्तायो रे !

अब के होला ? कल्पना गरौं त। यसरी सत्यलाई नबुझ्दाको परिणाम नै महाविनासको उदाहरण हो। अतः समय परिवर्तन हुँदैमा सत्यको परिवर्तन हुँदैन। समय पनि भौतिक वस्तुको नजरमा मात्रै परिवर्तन हुने हो, त्यो आफूमा कहिल्यै परिवर्तन हुँदैन। समय स्वयम् आफूमा सत्य हो। जसरी आदिकालदेखि खाने, अघाउने र भोकाउने अनि फेरि खाने, अघाउने र भोकाउने चक्रिय प्रक्रिया उस्तै छ त्यो जीवसंसारमा अनादिकालसम्म पनि उस्तै रहनेछ, किनकि यो प्रक्रिया सत्यको भौतिक चमत्कार हो। फेरि यसलाई पनि कल्पना गरौं त, के होला भनेर ? ‘यदि यो प्रक्रियामा अलिकति परिवर्तन आयो भने’ रहला त हाम्रो अस्तित्व यो धरामा ? अवश्य रहन्न। यसर्थ सत्यलाई बदल्न खोज्नु भनेको अस्तित्वलाई गुमाउनुबसिवाय अरू केही होइन। क्रयशक्तिको तुलनामा बिक्रयशक्ति कम भयो भने व्यापारमा नोक्सान हुन्छ। र, नोक्सानलाई, यथार्थमा कहिल्यै नाफा बनाउन सकिन्न।

अतः हाम्रा जातीय पहिरन र आभूषणहरू सत्यका प्रतीक हुन्। जातीय स्वभावलाई अनुकूल हुनेगरी दैवीशक्तिका प्रभावले प्रभावित भएर हाम्रा ब्रह्मज्ञानी पुर्खाहरूद्वारा ज्ञानको प्रयोगशालामा सिद्ध यी प्रसिद्ध जातीय आविष्कारहरू अर्थात् पहिरनहरू विश्वमा अर्को कुन ठाउँमा पाइन्छन् र ? हाम्रा कुनैजातिका पहिरनमा अश्लीलताको झिल्को कहीं कतैपनि देखिंदैन। यसको कारण हो- हाम्रा पहिरन सत्यद्वारा निर्मित थिए। सत्य भनेकै वैदिक सभ्यता हो, जसको पालनाले अस्तित्वको संरक्षण हुन्छ। यसर्थ हाम्रा पहिरन गहनागुरियाहरूको मिति कहिल्यै सकिंदैन। यी हरेक समयमा अलौकिक आकर्षणका साथ नयाँ नै रहन्छन्। यिनीहरूको महत्त्व सदैव एकैनास रहनेछ। सम्झिनुपर्ने यो यथार्थलाई सम्झिनका लागि आज हाम्रो स्मृतिमा किन बिर्को लागेको छ ?

खै ! हाम्रा आमा, श्रीमती, बुहारी, दिदीबहिनी र छोरीले लगाउने हिजोका ती सभ्य पहिरन र गहनागुरिया ? र, खै ? – बाउले, छोराले, दाइभाइ र ज्वाइँले अनि काका-भतिजले लगाउने पहिरन ? सनातन परम्पराको यति लामो बाटोसम्म यही पहिरन र आभूषणमा यात्रा गर्यौं, तर आज कसको निर्देशनमा हामीले हाम्रा यी अनेकौं महत्त्वले सम्पन्न पहिरनलाई लगाउँदा–लगाउँदै आफ्नै शरीरबाट फुकालेर मिल्काउन थाल्यौं। कसले लुट्दैछ– हाम्रो पोसाकीय सभ्यता ? किन लुटिंदैछौं हामी ? किन लुटाउँदैछौं हामी आफैलाई ? आफैलाई हराउने यस्तो युद्ध हामीलाई कसले लडाइरहेछ ? कसले भोग गरिरहेछ यसको फाइदा ? आफू हारिरहँदा पनि यति खुसी केको लोभले भैरहेका छौं हामी? यस्तो घिनलाग्दो परतन्त्रले किन हामीले हाम्रो सुसंस्कृत स्वतन्त्रतालाई सिञ्चन गर्न थाल्दै छौं। आफ्नै प्राचीनताप्रति हामीलाई किन यत्रो द्वेष? आफ्नो विश्वास र आस्थामाथि किन यस्तो अविश्वास ? आफ्नै मौलिक घरेलु कलाकौशलका कार्यहरू गर्न हामी किन लजायौं ? किन हामी आफ्नै सनातन गरिमाको उपहासमा रमाउन थाल्यौं ? यी सबै प्रश्नहरूले हामीतिर फर्केर उत्तर मागिरहेछन् ।

यिनै छाडा र उत्ताउला पहिरनको परिणाम हो– हिजोको हाम्रो सभ्य समाजमा आज महिलाहरू पुरुषबाट र पुरुषहरू महिलाबाट दिनदहाडै बलात्कृत हुन थालेका। श्रृङखलाबद्ध हत्या र हिंसाहरू हुन थालेका। अब कसले नियन्त्रण गर्ने हो– यो छाडा प्रवृत्तिलाई ? राज्यमा कसरी जगाउने हो पहिलाको जस्तो राष्ट्रियताको भावना ? आफ्नो सनातन संस्कृति र धर्मलाई संरक्षण गर्न नसक्ने नेतालाई हामीले किन जितायौं र जिताइ नै रह्यौं आजसम्म रु मौलिक संस्कृतिले नै राज्यलाई सम्पन्न बनाउँछन्। परन्तु भएका मौलिक संस्कृति मिल्काउन कम्मर कस्ने यस्ता नेतालाई जिताएर हामीले हरेक चुनावमा उनीहरूभित्रको दुर्व्यवहार र विकृतिलाई आजसम्म किन संरक्षण गरिरह्यौं ? यिनीहरूलाई पन्छाएर राज्यको सनातन धर्म–संस्कृति जोगाउने नेता चुन्न किन सकेनौं हामीले ?

आज हाम्रै धर्म–संस्कृतिप्रति पश्चिमाहरू मोहित भैरहेको बेला हामीलाई हाम्रो धर्म संस्कृतिप्रति किन वितृष्णा जाग्यो ? सबैभन्दा ठूलो खेदको कुरो त के हो भने– जर्मन र रुसलगायतका अन्य पश्चिमा मुलुकले हाम्रा सनातन वैदिक संस्कार र संस्कृतिलाई वैज्ञानिक भन्दै अवलम्बन गर्न थालिरहेको बेलामाु ‘विनासकाले विपरीत बुद्धि’ भनेझैं हामीले भने उल्टै तिरस्कार गर्न थालिरहेका छौं। फलतः अचेल प्रायः हाम्रा छोरीबुहारी र दिदीबहिनीले शरीरमा पूरै कपडा लगाउनै छाडिसकेका छन्। तिनीहरू यस्तैमा रमाउन थालिसकेका छन्। कतिले त तिनै छोटा, पातला र आंशिक लुगा लगाएर विकृतिमा रमाउनका लागि धर्म परिवर्तन गरिरहेका छन्। यसरी पश्चिमा पहिरनको सबैभन्दा बढी प्रवेश हाम्रा महिलाहरूमार्फत् भैरहेको छ। वस्तुतः हाम्रो धर्म र संस्कृतिमा पोसाकका कारण ठूलो सङ्कट भित्रिरहेको छ। यदि यो पोसाक-विकृतिको नियन्त्रण समयमै भएन भने यो राज्यका सबै जातजातिले आफ्ना सम्पूर्ण मौलिकता गुमाउनुपर्नेछ। र, अन्ततः भविष्यको एउटा कालखण्डमा पुग्दा जाति नै ल‍ोप भएर जानेछ। यसर्थ निःसन्देह, मौलिकताको संरक्षणबिना कुनै चीजको पनि संरक्षण संभव छैन र कहिल्यै हुँदैन।

आफ्नो मौलिक पहिरन र आभूषणलाई संरक्षण गर्ने दायित्व जाति स्वयम् र राज्यको हो। तर राज्य यही विकृतिलाई बढावा दिनमा नै सक्रिय छ। विद्यालयहरू मौन छन्। आमाबाबुहरूले यसैलाई आधुनिकता बुझेका छन्। सडकमा जातीयताका विरुद्ध नाराबाजी भैरहेका छन्। एक जाति अर्को जातिलाई गालीगलौज गर्नमै व्यस्त छ।

पश्चिमाहरू यही मौकाको पर्खाइमा थिए – हाम्रा प्राकृतिक र सांस्कृतिक सम्पदामा चौका हान्नका लागि। जय पशुपतिनाथ !