६ सय रुपैयाँले घट्यो सुनकाे भाउ


हरेकपल November 21, 2022

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा काराेबार भएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा पाँच रुपैयाँले घटेर चाँदी एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।