बागमतीले गण्डकीलाई हरायो


हरेकपल November 23, 2022

काठमाडौंमा आजदेखि शुरु भएको वाई वाई  यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत उद्घाटन खेलमा बागमती प्रदेश विजयी भएको छ ।

बागमतीले गण्डकी प्रदेशलाई ७४ रनले स्तबध् पार्यो ।  २९४ रनको लक्ष्य पन्छाएको गण्डकी ४५.४ ओभरमा २१९ रनमा अलआउट भयो ।

गण्डकीका अर्जुन कुमालले ९८ रनको पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् ।  

 अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

 बागमतीका अशोक पौडेलले ३,सकरिया कार्की, ओमकार यादव र प्रतिक श्रेष्ठले २/२ विकेट लिए । 

त्यसअघि त्रिवि खेलमैदानमा टस हारेर ब्याटिङ  गरेको  बागमती ४८.१ ओभरमा २९३ रनमा समेटियो ।  

उसका उत्तम मगर र योगेश भाटले अर्धसतकीय पारी खेले । उत्तम ८७ र योगेश ५२ रनमा आयट भए ।  

गण्डकीका लागि नितेश गिरी र सुदीप अर्यालले ३/३ विकेट लिए ।   

मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।

विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन्।

यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने नेपाल क्रिकेट संघले जनाएकोे छ।