यू-१९ क्रिकेट: सुदूरपश्चिमले कर्णालीलाई हरायो


हरेकपल November 24, 2022

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

सुदूरले कर्णाली प्रदेशलाई ५ विकेटले हरायो ।

१२८ रनको लक्ष्य सुदूरले २६.२ओभरमा ५ विकेटको क्षतीमा पुरा गर्यो ।

जसमा मिलन बोहराले ४२, दीपक बोहरा ए र दीपक बोहरा बी ले समान २०/२० रन बनाए ।

कर्णालीका अनुज चुनाराले ३ विकेट हात पारे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली ओभरमा ३२.३ ओभरमा १२७ रनमा अलआउट भयो ।

उसका दिनेश अधिकारीले ३५ ,सुवास ऐरले ३०,विपीन रावलले १९,आवाश शाहले १५,सन्दीप शाहीले १० रन बनाए ।

सुदूरका मिलन बोहराले ३,नरेन साउँदले २ , हेमन्त धामी र कैलाश ऐरले १/१ विकेट लिए ।