सप्तरी १ बाट नवलकिशोर साह बने सांसद


हरेकपल November 24, 2022

सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)का नवलकिशोर साह निर्वाचित भएका छन् ।

साहले २३ हजार ५६४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरे ।

मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसमेत रहेका साह ०७४ मा सप्तरी १९२० बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।