पूर्वगृहमन्त्री अधिकारी कास्की १(क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी


हरेकपल November 25, 2022

नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार छ सय २३ मत मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कोइरालाले ११ हजार छ सय २७ मत प्राप्त गरे ।

प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भई स्वास्थ्य तथा गृहमन्त्री भइसकेका उनी यसपटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभामा चुनाव लडेका हुन् ।

विसं २०५१ र ७४ मा प्रतिनिधिसभामा निर्वाचित भइसकेका अधिकारी २०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए ।