यू-१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको दोस्रो जित


हरेकपल November 25, 2022


वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ ।
पहिलो खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको सुदूरले दोस्रो खेलमा आज लुम्बिनी प्रदेशमाथि एकसय रनको शानदार जित गर्दा गर्यो ।

सुदूरले दिएको १८१ रनको लक्ष्य पन्छाएको लुम्बिनी २१ ओभरमा ८० रनमा अलआउट भयो ।

उसका आकाश त्रिपाठीले २२, देव खनालले १३ र मनोज मगरले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरका लागि आकाश चन्दले ३ ओभरमा १३ रन खर्चिदै ५ विकेट हात पारे । यस्तै हेमन्त धामीले ३ र कैलाश ऐरले १ विकेट हात पारे ।

त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४९.५ ओभरमा १८० रनमा समेटियो ।

सुदूरपश्चिमका लागि दिपक बोहराले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए ।

लुम्बिनीका बिशाल विक्रम केसीले ३, निर्मल गुरुङ र नर सार्कीले २/२ विकेट लिए ।