सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता


हरेकपल November 29, 2022

सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् ।

गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् ।

एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।