वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले चौथो जित निकालेको छ ।
चौथो जित निकाल्ने क्रममा लुम्बिनीले प्रदेश १ माथि ६ विकेटको जित दर्ता गर्यो ।
प्रदेश १ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो ।
जसमा देव खनालले सर्वाधिक १९ रन बनाए ।
प्रदेश १ का दिपेश कडेलले ३ विकेट हात पारे ।
त्यसअघि त्रवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ २६.२ ओभरमा ६९ रनमा अलआउट भयो ।
उसका सुभन गहतराजले २२, आइस्टाइन रिजालले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीमा निर्मल गुरुङले ५, दुर्गेश गुप्ताले २ विकेट हात पारे ।
पाँच खेलबाट चार खेल जितेको लुम्बिनीको फाइनल पुग्ने सम्भावना कायमै छ ।
प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।