पूर्वी नवलपरासीमा भीरबाट जिप खस्दा तीनको मृत्यु, सात घाइते


हरेकपल December 1, 2022

पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।दुर्घटनामा सातजना घाइते भएका छन् ।

महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका–५ कान्छीपानीमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । उनीहरू सनाखत हुन बाँकी छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको छ ।