विश्वकप लिग टू: नामेवियाले दियो नेपाललाई ब्याटिङको निम्ता


हरेकपल December 2, 2022

नामेवियामा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज घरेलुटोलीसँग खेल्दै छ।

नामेवियाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।

त्रिकोणात्मक सिरिजमा नेपाल, नामेविया र स्कटल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन्।

नेपाल र नामिबियाबीच अहिलेसम्म दुईवटा एकदिवसीयमा भेट हुँदा दुवैको नतिजा नामेवियाको पक्षमा रहेको छ।

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ भने नामेवियाले २७ खेलमा २७ अंकका साथ आफूलाई चौथो स्थानमा राखेको छ।