वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्र्तगत सुदूरपश्चिम प्रदेश अपराजित रहदै फाइनलमा पुगेको छ । सुदूरपश्चिमले आफ्ना सबै खेल जित्दै उपाधि नजिक पुगेको हो ।
समूह चरणको अन्तिम खेलमा सुदूरले बागमती प्रदेशमाथि ७ विकेटको जित दर्ता गर्यो ।
बागमतीले दिएको १२५ रनको लक्ष्य १९.१ ओभरमा ७ विकेट गुमाउदै पु्रा गर्यो ।
जसमा कप्तान अनुराग सिंहले अविजित ३९ रनको पारी खेले ।
बागमतीका रोशन विकले २ विकेट हात पारे ।
मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बागमती २८.४ ओभरमा १२४ रनमा समेटियो ।
जसमा प्रतिक श्रेष्ठले ४४,रोहन विकले ३६, सक्षम बास्ताकोटीले ३३ रनको योगदान गरे ।
सुदूरका आकाश चन्दले ह्याट्रिकसहित ४,हेमन्त धामीले ३, नरेन साउँदले २ विकेट लिए ।
यो जितसंगै सुदूरले ६ खेलबाट १२ अंक जोड्दै शिर्ष स्थानमा पुगेको छ ।
सुदूरले अब फाइनल खेल लुम्बिनी र बागमतीमध्ये एक टोलीसंग मंसिर १९ गते खेल्नेछ ।
सबै ६ खेल खेलेको बागमतीको ४ जितको साथ ८ अंक छ ।
५ खेलबाट ४ खेल जितेर लुम्बिनीको एक खेल खेल्न बाँकी छ
उक्त खेल लुम्बिनीले जिते फाइनल पुग्नेछ ।
लुम्बिनीले हारे रनरेटका आधारमा बागमतीको फाइनल खेल्ने सम्भावना रहन्छ ।