वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित दर्ता गरेको छ ।
मधेशले पाचौं खेलमा पहिलो जित निकालेको हो ।
पहिलो जित दर्ता गर्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्यो ।
गण्डकीले दिएको २१४ रनको लक्ष्य मधेशले ४८.३ ओभरमा ५ विकेट गुमाउदैं भेट्टायो ।
जसमा मयन यादवले ४९,मेघराम राजले ४३ रनको योगदान गरे ।
त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी ४८.५ ओभरमा २१३ रनमा अलआउट भयो ।
उसका गोबिन्द विकले सर्वाधिक ५३ रनको योगदान गरे ।
मधेशका स्येमन रोयले ३,अवजित मण्डलले २,नितेश यादवले २, अविशेख तिवारीले २ विकेट लिए ।
यि दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।