‘नेपालीय भोजपुरी साहित्यको इतिहास’का साथमा ‘साहित्यकार गोपाल अश्क’ पनि सार्वजनिक


हरेकपल December 3, 2022

काठमाडौं । काठमाडौँमा एक समारोहबीच साहित्यकार गोपाल अश्कद्वारा लिखित अनुसन्धानमूलक कृति ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’का साथै अश्कको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिएको कृति ‘साहित्यकार गोपाल अश्क’लाई आख्यानपुरुष डा.ध्रुवचन्द्र गौतमले सार्वजनिक गरे ।

नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममाआख्यानपुरुष डा. गौतमले गोपाल अश्कको सिर्जनशीलतामाथि प्रकाश पारे ।
सार्वजनिक दुवै कृतिमाथि समीक्षकहरू दिनेश गुप्ता, प्रमोद प्रधान र प्रा.डा. कुमारप्रसाद कोइरालाले समीक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन, पवन आलोक, राधेश्याम लेकाली, भाषा आयोगकी कार्यवाहक अध्यक्ष उषा हमाल, सर्जक गोपाल अश्क, साहित्यकार देविका तिमिल्सिनालगायतले बोलेका थिए ।

विसं २०३२ सालमा ‘पत्थरको हृदय’ शीर्षकको नेपाली भाषाको कथा लेखेर साहित्य क्षेत्रमा प्रवेश गरेका गोपाल अश्कका कथा, महाकाव्य, उपन्यास लगायत १७ पुस्तक यसअघि नै प्रकाशित छन् । भोजपुरी र नेपाली भाषा साहित्यका क्षेत्रमा अथक अध्ययन अनुसन्धानमा लागेका अश्क हाल भाषा आयोगका सदस्य पनि हुन् ।