सुनको मूल्य ४०० रुपैयाँले बढ्याे


हरेकपल December 4, 2022

काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य ताेला ४०० रुपैयाँले बढेकाे जनाएकाे छ ।

जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेकाे छ । गत शुक्रबार सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियाे ।

यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीकाे मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।