बढ्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार ?


हरेकपल December 5, 2022

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको हाे ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० कायम रहेको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासंघले जनाएको छ ।