दोलखा । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कार्कीले एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् ।
कार्कीले ३६ हजार ७९९ मत पाएर निर्वाचित हुँदा शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरेका हुन् ।
योसँगै माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १८ सिट जितेको छ ।