संसद् सचिवालयलाई सर्वोच्चको प्रश्न- कुन कानूनका आधारमा पत्र लेखेको ?


हरेकपल December 7, 2022

सर्वोच्च अदालतले संघीय संसद् सचिवालयका महासचिवलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुन संवैधानिक वा कानून व्यवस्थाको आधारमा महाभियोग प्रस्ताव निष्प्रभावी भएको भनी पत्र लेखेको हो भनेर प्रश्न गरेको छ ।

सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर जवाफ मागेका हुन् ।

संसद् सचिवालयले बुधबार जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएपछि सर्वोच्च अदालतको पूर्ण बैठक बसेको थियो ।

पूर्ण बैठकपछि सहरजिस्ट्रार रेग्मीले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महाभियोगको प्रस्ताव निष्प्रभावी भएको हो, खुलाउन भनेका छन् ।