एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने


हरेकपल December 9, 2022

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा  समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए ।

निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाब मागिसकेको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ ।