ब्राजिललाई क्रोएसियाको चुनौती


हरेकपल December 9, 2022

काठमाडौं । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ । 

क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्ने छन् ।