दीपक खरेल, डा.राजेन्द्रप्रसाद र मोहन भण्डारीलाई इन्द्रमोहन स्मृति गुठीले पुरस्कृत गर्ने घोषणा


हरेकपल December 29, 2022

विराटनगर । इन्द्रमोहन स्मृति गुठी (धनकुटा)ले गायक दीपक खरेल, कवि डा.राजेन्द्रप्रसाद अधिकारी र पत्रकार मोहन भण्डारीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

गुठीका प्रमुख संरक्षक डा.विमला श्रेष्ठको उपस्थितिमा गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले
गुठीले यस वर्षको ‘ओम–इन्द्रमोहन स्मृति गीत–सङ्गीत पुरस्कार’ गीत–सङ्गीतको क्षेत्रमा दिएको योगदानका लागि गायक कलाकार दीपक खरेललाई, यसरी नै ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’ नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. राजेन्द्रप्रसाद अधिकारीलाई र यस्तै यस वर्षको ‘ओम–इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार’ पत्रकारिता पत्रकारिताको क्षेत्रमा दिएको योगदानका लागि पत्रकार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

इन्द्रमोहन स्मृति गुठीले प्रदान गर्ने तीनवटै पुरस्कारको राशि जनही एक्काईस हजार रहेको छ र प्रत्येक दुई–दुई वर्षमा यी पुरस्कार प्रदान गर्ने गरिन्छ ।

पुरस्कारको संस्थापक स्व. ओमकार श्रेष्ठ र डा. विमला श्रेष्ठ हुनुहुन्छ। पुरस्कार आगामी फाल्गुन महिनामा समर्पण गरिने छ।
०००