काठमाडौं । पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछाने नागरिकताका कारण पदमुक्त भएपछि स्वतन्त्र पार्टीको दुवै पदको जिम्मेवारी अरु नेताहरुलाई दिने भएको छ । हिजो साँझ सर्वोच्च अदालतको आदेश आएसँगै राति नै बैठक बसेर दुवै पदको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरिएको हो ।
अब पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी श्रममन्त्री समेत रहेका डोरप्रसाद अर्याललाई दिइने भएको छ । उनी अहिले पार्टीका उपसभापति हुन् । त्यस्तै दलको नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिइने भएको छ । श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।