बढ्यो सुनको भाउ, चाँदीको घट्यो


हरेकपल January 29, 2023

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य घटेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।