विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । गत पुस ३० देखि स्थगित बैठक आज बस्ने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको सचिव पराजुलीले जानकारी दिएका छन् ।