नीता ढुंगानाको ह्रस्वदीर्घमा काम गर्दै छन् यी भारतीय कलाकार


हरेकपल February 7, 2023

अभिनेत्री नीता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् ।

चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने विश्वप्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन् ।

निता फिल्म्सको ब्यानरमा हिजोबाट सुरू भएको चलचित्र विश्वकै ठूलो फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदै छ ।