टर्की भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३ हजार नाघ्यो


हरेकपल February 11, 2023

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३ हजार नाघेको छ । अझै दशौँ हजार जना घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ ।

भुकम्पबाट टर्कीमा मात्रै १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका उद्धारकर्मीहरूले जनाएका छ्न् । विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघले टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।