काठमाडौं l शिवपुरी साहित्य समाज, बूढानीलकण्ठ काठमाडौंले एक विज्ञप्ति प्रकाशित गरी साहित्यकार विष्णुबहादुर सिंहको अध्यक्षतामा कार्यसमितिको पुनर्गठन गरेको बताएको छ ।
पुनर्गठित १५ सदस्यीय कार्यसमितिमा अध्यक्ष- विष्णुबहादुर सिंह, उपाध्यक्ष- शंकर भारती, महासचिव- प्रकाश घायल, सचिव- दीपक लोहनी, कोषाध्यक्ष- माधव बिडारी, सहसचिव- गंगा आचार्य, सदस्यहरूमा वासुदेव गुरागाईँ, हरिकृष्ण धिताल, विनोद नेपाल, लव खड्का, कृष्णदेव रिमाल, रूपा रिसाल, रेणु अधिकारी ‘मौनता’ रामेश्वर के.सि. र बद्री उप्रेती रहनुभएको विज्ञप्तिमा उल्लेख छ l समाजको संरक्षकमा रूपमा वियोगी बुढाथोकी रहनुभएको जनाइएको छ ।
२०७९ फागुन २७ गते शनिबार गरिने स्रष्टा सम्मान टोखा नगरपालिका -१ (सेल्फी प्वाइन्ट रिसोर्ट) मा गुन्द्रुक-मकै-भटमास कार्यक्रमको साथमा समर्पण गरिने समारोहमा साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजू ‘विष्णु-पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार २०७९’ बाट, गजलकार मनोज न्यौपाने ‘शिवपुरी गजल सम्मान २०७९’ बाट, साहित्यकार पवन आलोक ‘नरबहादुर भारती स्रष्टा-सम्मान’ बाट, खुमराज घिमिरे ‘मान-शोभा प्रतिभा सम्मान’ बाट र मुक्तककार हरिकृष्ण काफ्ले ‘गौरी कार्की स्मृति मुक्तक-सम्मान’ बाट सम्मानित गरिने बेहोरा पनि विज्ञप्तिमा उल्लेख छ ।