धनगढी । डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
सिलगढीदेखि दिपायल जाँदै गरेको सु।प।प्र। ०१–००१ ज १२६९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ । यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।